२०८१ पुस ०४ गते
काठमाडौँ । नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकरहरुलाई अहिले परेको अप्ठेरो परिस्थती सधैं नरहने र बिस्तारै अर्थतन्त्रमा देखिएको मन्दी हटेर जाने आश्वासन दिएका छन् । बुधबार आयोजित बैंकर्स संघको ३८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा गभर्नर अधिकारीले चुनौतिका वावजुद पनि बैंकहरुलाई रेजिलेन्ट बनाएको दावी गरेका हुन् । उनले भने- 'बैंकहरुमा पर्याप्त पूँजी पर्याप्त तरलता रहेको परिस्थितीमा पनि अर्थतन्त्र स्लोडाउन भएका कारण कर्जा बिस्तार र रिकभरीमा समस्या हुँदा अहिले बैंकहरुलाई समस्या परेको हो, तर दिन सधैंँ अप्ठ्यारा रहँँदैनन् ।अहिले चुनौतिका वावजुद पनि बैंकहरु रेजिलियन्ट छन् । बैंकरहरुले डिभिडेन्ड बाँड्नै नपाउने गरी बैंकले प्रोभिजन गर्न लगाएको भनेपनि अन्ततः त्यसले बैंकलाई बचाउने काम गरेको नेपालका वित्तीय संस्थाहरुलाई प्रतिरोधात्मक बनाएका छौँ 'उनले थपे -'प्रोभिजनिङ नगर्ने हो भने अर्को साल बैंक कता छ भनेर खोज्नपर्ने अवस्था हुन सक्छ ।'
गभर्नर अधिकारीले बैंकको कारोबार इफिसियन्ट बनाएकाहरुलाइ्र्र अहिले पनि खासै गाह्रो नभएको बताए । 'यही अप्ठेरोमा पनि कुनै बैंकले २६ प्रतिशतसम्म डिभिडेन्ड बाँड्न सफल छन् कतिको शून्य छ । बैंकको आफ्नो काम कारबाहीमा पनि भर पर्छ,' उनले भने । बैंकिङ उद्योगलाई केही वर्षयता चौतर्फी प्रहार भइरहँदा पनि रिकभरीमा समस्या रहेको बताए ।' बैंकको ऋण तिर्न पर्दैन भन्ने केही समूहले हल्ला चलाउँदा र आक्रमण गर्दा बैंकका शाखाहरुमा काम गर्न स्टाफहरु डराउने अवस्था आए । कतिपय बैंकका शाखा नै बन्द गर्न पर्यो ' गभर्नरले भने ।
प्रतिक्रिया