आज ११ सय रुपैयाँले बढेको सुनको मूल्य कति पुग्यो ?

२०८१ मंसिर ०४ गते

आज ११ सय रुपैयाँले बढेको सुनको मूल्य कति पुग्यो ?

काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ । यो सँगै आज सुन प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ९ सय ५५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार चाँदी प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement:

Ad
Ad