दसैंका लागि नबिल बैंकले असोज २७ देखि नयाँ नोट साट्ने

२०८३ असोज २६ गते

दसैंका लागि नबिल बैंकले असोज २७ देखि नयाँ नोट साट्ने

काठमाडौं । नबिल बैंक लिमिटेडले दसैं पर्वलाई लक्षित गर्दै सर्वसाधारणका लागि नयाँ तथा सुकिला नोट वितरण गर्ने भएको छ। बैंकले असोज २७ देखि २९ गतेसम्म काठमाडौं उपत्यकाका पाँचवटा शाखाबाट नोट वितरण गर्न लागेको हो।

 

Advertisement:

Ad

बैंकले जारी गरेको सूचनाअनुसार नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नयाँ तथा सुकिला नोट वितरण गरिनेछ। यसका लागि काठमाडौं उपत्यकामा रहेका पाँच शाखा तोकिएका छन्।

 

बैंकका अनुसार काठमाडौंको कान्तिपथ, बालाजु र बानेश्वर शाखाबाट नोट साट्न सकिनेछ। त्यस्तै, ललितपुरको च्यासल शाखा र भक्तपुरको दुवाकोट शाखाबाट पनि यो सुविधा उपलब्ध हुनेछ।

 

नोट सटही सेवा असोज २७ देखि २९ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। बैंकले सर्वसाधारणलाई तोकिएको समयभित्र सम्बन्धित शाखामा पुगेर सेवा लिन आग्रह गरेको छ।

 

दसैंमा टीका, दक्षिणा तथा अन्य परम्परागत प्रयोजनका लागि नगदको प्रयोग बढी हुने भएकाले नयाँ तथा सुकिला नोटको माग बढ्ने गर्छ। यही मागलाई सहज बनाउन बैंकले निश्चित शाखामार्फत नोट वितरणको व्यवस्था गरेको जनाएको छ।

 

नोट सटहीसम्बन्धी थप जानकारीका लागि ग्राहकलाई बैंकका आधिकारिक सूचना तथा जानकारीहरू हेर्न पनि आग्रह गरिएको छ।