२०८३ असोज २६ गते
काठमाडौँ । नेकपा संयुक्तका नेता तथा जनता टेलिभिजनका अध्यक्ष विजय पौडेलको विष सेवनपछि निधन भएको छ । स्रोतका अनुसार डा. पौडेलले विष सेवन गरेका थिए । नैकापस्थित निवासमा बसिरहँदा स्वास्थ्य असहज देखिपछि उनलाई नजिकै हुने हिसावले परिवारले कीर्तिपुर अस्पताल लगेका थिए । अस्पताल लैजाँदै गर्दा बाटोमै उनको निधन भएको टेलिभिजनका एक उच्च अधिकारीले बताए ।
टेलिभिजन आर्थिक रुपमा धराशायी भएपछि उनी केही समय यता तनावमा रहेको र चौतर्फी दवाबपछि धेरैजसो घरमै बस्दै आएका थिए । टेलिभिजनका कर्मचारीका अनुसार आज सोमबार बिहान उनी मिनभवनस्थित टेलिभिजनको कार्यालय पुगेका थिए । टेलिभिजनको लाइन काटिएको थियो,कर्मचारीहरुले ३ महिनादेखिको तलब पाएका थिएनन् । तलब नपाएका कर्मचारीहरुले अध्यक्ष पौडेललाई तलब तत्काल दिन माग गरिरहेका थिए ।
डा. पौडेल नेकपा एममाले हुँदै एकीकृत समाजवादी र पछिल्लो समय घनश्याम भुषाल नेतृत्वको नेकपा संयुक्तमा आवद्ध थिए । साहित्यकार मोदनाथ प्रश्रितका एक मात्र छोरा रहेका पौडेलका श्रीमती,एक छोरा दुई छोरीहरु रहेका छन् ।
प्रतिक्रिया