हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक सीईओमा कवि फुयाँल नियुक्त

२०८३ असोज २६ गते

हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक सीईओमा कवि फुयाँल नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सीईओमा कवि फुयाँल नियुक्त भएका छन् ।


कम्पनीको सञ्चालक समितिको ७९औँ बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत फुयाँललाई कार्यवाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

Advertisement:

Ad

 

कम्पनीले असोज २६ गतेदेखि लागू हुने गरी उनलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक सीईओको जिम्मेवारी तोकेको जनाएको छ ।