यूटीएल सहित तीन कम्पनीको लाइसेन्स खारेज

२०८० मंसिर २८ गते

यूटीएल सहित तीन कम्पनीको लाइसेन्स खारेज

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) सहित कोटेश्वरको म्याक्स नेट सोलुसन प्रालि र भरतपुरको चितवन नेटवर्क प्रालिको अनुमतिपत्र खारेज गरेको छ ।

यूटीएलले २०६० साल कात्तिक ५ गते, म्याक्स नेट प्रालिले २०७५ साल मंसिर ६ गते र चितवन नेटवर्क प्रालिले २०७५ साल मंसिर १२ गते ईमेलसहितको इन्टरनेट सेवाको अनुमति पत्र पाएका थिए ।

Advertisement:

Ad
Ad

अनुमतिपत्र नवीकरणका लागि तोकिएको समयावधिभित्र नवीकरण बापतको दस्तुर दाखिला गरी निवेदन पेस नगरेकाले दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) अनुसार यी सेवाप्रदायकको अनमतिपत्र स्वतः खारेज भएको प्राधिकरणले उल्लेख गरेको छ ।

ती सेवाप्रदायकलाई एक महिनाभित्र कार्यालयमा सम्पर्क गर्न प्राधिकरणले सूचित गराएको छ ।