अन्ततः श्रीमती ममताको हत्या गरेको स्वीकार गरे नरेशले,शवलाई सानो सानो टुक्रा पारेर डस्टबीनमा फालेको बयान

२०८३ कात्तिक २० गते

अन्ततः श्रीमती ममताको हत्या गरेको स्वीकार गरे नरेशले,शवलाई सानो सानो टुक्रा पारेर डस्टबीनमा फालेको बयान

काठमाडौं । अमेरिकामा नर्सका रूपमा कार्यरत नेपाली महिला ममता काफ्लेको हत्या गरेको उनका श्रीमान् नरेश भट्टले स्वीकार गरेका छन्। हत्या आरोपमा पक्राउ परेका भट्टले अदालतसमक्ष ममताको हत्या गरेको र त्यसपछि शवलाई काटेर टुक्राटुक्रा पारेको स्वीकार गरेका हुन्।

 

Advertisement:

Ad

ममता काफ्लेको रहस्यमय मृत्यु प्रकरणमा अनुसन्धानका क्रममा रहेका भट्टले आफ्नै श्रीमतीको हत्या गरेको स्वीकार गरेसँगै घटनाबारे थप विवरण सार्वजनिक भएको छ।

 

अदालतसमक्ष दिएको स्वीकारोक्तिमा उनले ममताको शरीर टुक्राटुक्रा पारेको समेत बताएका छन्। यसअघि ममता बेपत्ता भएपछि उनका श्रीमान् भट्टमाथि नै शंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो।