२०८२ वैशाख २३ गते
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आधार शिविर क्षेत्रमा अनधिकृत रुपमा इन्टरनेट सेवा सञ्चालन नगर्न चेतावनी दिएको छ ।
नेपालका केही अग्ला हिमाल तथा आधार शिविरमा हिमाल आरोहण गर्ने कम्पनीहरूले अनधिकृत रूपमा विदेशी दूरसञ्चार सेवाप्रदायक कम्पनीको स्याटेलाइट ९भू–उपग्रह० इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको सूचनाका आधारमा प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।
प्राधिकरणले उक्त कार्य दूरसञ्चार ऐन २०५३ को दफा २१ को प्रावधानविपरीत भएको स्मरण गराउँदै यस्तो कार्य नगर्नरनगराउन पनि आग्रह गरेको छ ।
यो सूचनापछि पनि सम्बन्धित कम्पनीहरूले अटेर गरेमा कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत प्राधिकरणले दिएको छ ।
प्रतिक्रिया