यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार क्लाउडिया गोल्डिनलाई

२०८० असोज २३ गते

यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार क्लाउडिया गोल्डिनलाई

काठमाडौँ । क्लाउडिया गोल्डिनलाई यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ।

रोयल स्विडिस एकेडेमी अफ साइन्सेले आज क्लाउडियाले श्रम बजारमा विद्यमान लैंगिक असमानता उजागर गरेको भन्दै उनलाई यो वर्ष पुरस्कार प्रदान गरिने जनाएको छ।

Advertisement:

Ad
Ad

गोल्डिनले अमेरिकामा आम्दानी र रोजगारी दरहरूमा लैंगिक भिन्नताहरू कसरी र किन परिवर्तन भएका छन् भनेर उजागर गर्न २०० वर्षको तथ्यांक संकलन गरेर अनुसन्धान गरेको एकेडेमीले जनएको छ।

हार्वड विश्वविद्यालयमा आवद्ध क्लाउडिया अर्थशास्त्र तर्फ नोबेल पुरस्कार पाउने तेस्रो महिला हुन्। एक्लै अर्थशास्त्र तर्फ नोबेल पुरस्कार पाउने उनी पहिलो महिला हुन्।

उनको रिसर्च पेपर महिलाको करियर र परिवार र उनीहरुको इतिहाससँग सम्बन्धित रहेका छन्।