विपद सामनाका लागि विश्व बैंकले २० अर्ब ऋण सहयोग गर्ने

२०८१ कात्तिक १३ गते

विपद सामनाका लागि विश्व बैंकले २० अर्ब ऋण सहयोग गर्ने

काठमाडौ । विपद सामनाको लागि विश्व बैंकले करिब २० अर्ब रूपैयाँ (१५ करोड डलर) ऋण सहयोग दिने भएको छ । यसका लागि विश्व बैंक र अर्थमन्त्रालयविच समझादारी पनि भएको छ । मा दुई पक्षबीच सम्झौता भएको छ। एक साता अघि विश्व बैंक र नेपाल सरकारबीच ऋण सहयोगसम्बन्धी सम्झौता भएको हो। नेपालले मौसम परिर्वतनको कारण आएको प्रभाव जटिल अवस्थाको समाना गर्न परिरहेको हालै आएको बाढीले देखाएको छ, नेपलका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले भने,नेपाल सरकारले यो ऋण सहयोग प्राकृतिक विपत्ति वा स्वास्थ्य क्षेत्रमा आकस्मिकता आउने वित्तिकै लिन सक्नेछ। प्राकृतिक प्रभाव, अन्तर्राष्ट्रिय समुदायको गतिविधिको कारणले मौषममा आएको प्रभाव वा स्वास्थ्य क्षेत्रमा आउने आकस्मितामा यस्तो ऋण दिने गरिन्छ। यो सहयोगले नेपाललाई संकटको समयको लागि तयारीमा रहन, समाधान खोज्न र संकट आएमा तत्कालै उद्धार लगायतमा जुट्न सहयोग पुग्नेछ,सम्झौतापछि अर्थसचिव राम प्रसाद घिमिरेले भने।

Advertisement:

Ad
Ad