त्रिशुली१ जलविद्युत् आयोजनाको जालीभित्र अल्झिएको अवस्थामा ११ जनाको शव फेला

२०८३ असोज ०३ गते

त्रिशुली१ जलविद्युत् आयोजनाको जालीभित्र अल्झिएको अवस्थामा ११ जनाको शव फेला

काठमाडौँ। रसुवास्थित भोटेकोसीमा गत भाद्र १० गते आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली(१ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएकाहरूमध्ये ११ जनाको शव फेला परेको छ।


आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले निरन्तर खोजी गर्ने क्रममा आज आयोजनाको अडिट(३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ती शवहरू फेला पारेको हो।  

Advertisement:

Ad


नेपाली सेनाका अनुसार बाढीमा परी अझै सम्पर्कविहीन रहेका अन्य व्यक्तिहरूको खोजी कार्य तीव्रताका साथ जारी छ।