२०८१ चैत २८ गते
काठमाडौ । नेपाल राष्ट्र बैंकले गत माघ १ गतेदेखि नै बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । तर बुधबार एक परिपत्र जारी गर्दै विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै वसी अनलाइन मार्फत् खाता खोल्नु पर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत खाता खोल्न सक्ने व्यवस्था गरेको छ ।
यसरी खोलिने खाताका सम्बन्धमा खातावाला नेपाल फर्किएको ३५ दिनभित्र भने राष्ट्रिय परिचयपत्र बैंकमा अद्यावधिक गराउँनुपर्नेछ ।यस्तै आफ्नो हेरचाह आफै गर्न नसक्ने, असक्त, असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत बैंक खाता खोल्न र कारोबार गर्न सक्ने व्यवस्था केन्द्रिय बैंकले गरेको छ ।
प्रतिक्रिया