उखुको समर्थन मूल्य निर्धारण, क्विन्टलमा २० रुपैयाँले बढाइयो

२०८१ मंसिर १३ गते

उखुको समर्थन मूल्य निर्धारण, क्विन्टलमा  २० रुपैयाँले बढाइयो

काठमाडौ । सरकारले उखुको समर्थन मूल्य तोकेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले झन्डै २० रुपैयाँ वृद्धि गरेको हो । योसँगै उद्योगीहरुले किसानलाई दिने रकममा बृद्धि भएको छ । अब किसानले प्रतिक्विन्टल झन्डै ५८५ रुपैयाँ उखु मिलबाट पाउने छन् ।सरकारले यसअघि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर, मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान बापत दिने रकमपछि निर्धारण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

Advertisement:

Ad
Ad