२०८१ भदौ ०४ गते
काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारले प्रतिवन्ध लगाएको सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी भएको छ । नागरिक तहबाट व्यापक टीकाटिप्पणी र चिनियाँ पक्षले समेत प्रतिवन्ध लगाउनुको औचित्यबारे प्रश्न गरिरहेपछि बन्देज खुला गर्ने तयारीमा सरकार जुटेको हो ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत २३ कात्तिक २०८० मा टिकटकले सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
यो निर्णय लिनुअगाडि प्रधानमन्त्री प्रचण्डले कांग्रेस, एमालेसहितका दलहरुसँग परामर्श गरेका थिए । त्यसैले प्रतिबन्धमा प्रमुख दलहरुले मौन समर्थन जनाए । टिकटकले भने लिखित पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाएको छ । र, प्रतिबन्ध हटाउन माग गर्दै आएको छ ।
तर सरकारले प्रतिबन्ध नहटाएपछि नेपालका लागि चिनियाँ राजदूत छन सोङले हरेकजसो राजनीतिक भेटवार्तामा टिकटको प्रतिबन्धबारे चासो राख्दै आएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक प्रतिबन्ध खोल्नेबारे आवश्यक गृहकार्य गर्न मातहतका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया