टिकटकमा रोक लगाएको विषयमा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी

२०८० मंसिर ०५ गते

टिकटकमा रोक लगाएको विषयमा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले सरकारले सामाजिक सञ्जाल टिकटकमा रोक लगाएको विषयमा कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले आज प्रारम्भिक सुनुवाई गर्दै सरकारसँग कारण माग गरेको हो।नागरिकको मौलिक हक हनन् भएको भन्दै सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दर्ता भएका थिए। रिट निवेदकले अन्तरिम आदेश जारी गर्न माग गरे पनि सर्वोच्चले भने दिएन। सर्वोच्चले अन्तरिम आदेश जारी नहुनेगरी १५ दिनभित्र लिखित जवाफ दिन आदेश गरेको हो।

Advertisement:

Ad
Ad