काठमाडौँ। थ्रिस्टार हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजी रु. ४९ करोड २५ लाखको १ : १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको कार्तिक ५ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
Advertisement:
विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो दरमा हकप्रद शेयर निष्काशन गरिनेछ।
प्रतिक्रिया