श्री एयरबाट धोका पाएको गायिका समीक्षा अधिकारीको गुनासो

२०८१ माघ ०६ गते

श्री एयरबाट धोका पाएको गायिका समीक्षा अधिकारीको गुनासो

काठमाडौं । गायिका समीक्षा अधिकारीले श्री एयरलायन्सका कारण आफूले पटकपटक धोका पाएको बताएकी छिन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘‘मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो, तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ । अन्य एयरलायन्सले धमाधम प्लेन उडाइरहेका छन्।’’

Advertisement:

Ad
Ad

केही दिनअघि पनि आफूले सोही एयरलायन्सबाट धोका पाएपछि नेपालगन्जको कार्यक्रम नै छुटाउनुपरेको उनले उल्लेख गरेकी छिन् । आज पनि आफू बिहानैदेखि काठमाडौं एयरपोर्टमै रहेको बताएकी छिन् ।

श्री एयरलायन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होइन,’ उनले दाबी गरेकी छिन्, ‘यस्तो घटना कि त अन्य एयरलायन्ससँग कमिसन खाने कर्मचारीले घटाउँछन्, कि त यो एयरलायन्स काम छैन।’’

श्री एयरलाइन्सले भने प्रतिकूल मौसमका कारण उडान हुन नसकेको प्रतिक्रिया दिएको छ । एयरलाइन्सले काठमाडौंको मौसम सफा भए पनि ल्यान्ड गर्ने ठाउँमा भिजिबिलिटी कम भएका कारण उडान हुन नसकेको जनाएको छ ।