सीजी मोटोकर्पले ल्यायो सुजुकी गाडीको फ्री सर्भिस क्याम्प योजना

२०८१ साउन २७ गते

सीजी मोटोकर्पले ल्यायो सुजुकी गाडीको फ्री सर्भिस क्याम्प योजना

काठमाडौँ। नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले फ्री सर्भिस क्याम्प शुरु गरेको छ । आज आइतबारदेखि शुरु भएको उक्त क्याम्प मंगलबारसम्म चल्नेछ ।

लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्न सक्ने र बेलैमा ध्यान नदिनाले विभिन्न समस्याको सम्भावना हुने कम्पनीले जनाएको छ । सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उहाहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुनलागेको पनि कम्पनीले जनाएको छ ।

Advertisement:

Ad
Ad

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनुका साथै ७ जना भाग्यमानी ग्राहकहरुले आकर्षक एसोसरिज प्याकेज पनि जित्न सक्नेछन् ।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी÷ हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत सम्मको छुट पाउनेछन् भने लेवर चार्जमा २० प्रतिशतसम्मको छुट र स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशत सम्मको छुट पाउनेछन् ।

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।