२०८२ वैशाख ०४ गते
काठमाडौं । काठमाडौँको बजारमा दबदबा रहेको रोयल इनफिल्डको नयाँ भेरियन्टहरु सार्वजनिक भएको छ । इनफिल्डले हालै बजारमा क्लासिक ३५० मोडल सार्वजनिक गरेको छ। कम्पनीले केही नयाँ सुधारहित यो नयाँ बाइक सार्वजनिक गरेको हो ।
यसको सुरुवाती भेरियन्टको मूल्य ५ लाख ५५ हजार तोकिएको छ । सुरुवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एवीएम सहित प्रिमियम एलईडी हेडल्याम्प एलईडी पाइलटल्याम्प पनि उपलब्ध गराउनेछ । यस्तै त्यसमा टाइप सी यूएसबी चार्जर हुनेछ भने गियर सूचक जनाउने गियर इन्डिकेटर पनि हुनेछ ।
न्यू क्लासिक ३५० सातवटा आकर्षक रडमा उपलब्ध हुनेछ । पाँच मेरियन्टका वाइकमा हेरिटेज, हेरिटेज प्रिमिय, सिग्नल्स, क्लासिक डा र काफि कोममा उपलब्ध हुनेछन् । प्रत्येक भेरियन्टमा आधुनिक इन्जिनियरिङसरी कक डिजाइन रहेका छन् ।
क्लासिक ३५० सार्वजनिक गर्दै कम्पीनका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियालेनेपाली बजार रोयल इनफिल्डका लागि सधैं विशेष रहदै आएको बताए ।
‘सिकेडी सञ्चालनको दुई वर्षमा नै बजारबाट रोयल इनफिल्ड मोटोरसाइकप्रति ग्राहकहरूले दशाएको मायाबाट हामी निकै हर्षित र कृतज्ञ छौ । ग्राहकहरूसँग प्रगाढ सम्बन्ध र माया गाँस्न पाउँदा हामी निकै गौरवान्वित छौं ।’ उनी भन्छन्, ‘मध्यम तौल मोटरसाइकलका १० मध्ये ८ पारखीहरूले रोयल इन्फिल्डलाई विश्वास गरिरहनुभएको छ । यसले हामीलाई हाम्रा उत्पादनमा सुधार र निखारता ल्याउनका निम्ति प्रेरित गरिरहेको छ । ग्राहकहरूले हामीलाई जति माया दर्शाउनुहुन्छ उत्तिनै हामी पनि ग्राहकका राईड अनुभवलाई सहज बनाउने काममा अग्रसर हुनेछौं। ग्राहकहरूसँग नवीन नाता गाँस्नका लागि हामी हाम्रो सञ्जाललाई पनि विस्तार गर्न पाउँदा असाध्यै खुशी छौं ।’
नयाँ क्लासिक ३५० को कलात्मक डिजाइन, समृद्ध इन्जिनियरडले यसलाई अझै सुन्दर बनाएको उनले बताए । यो नयाँ उत्पादनले नयाँ पुस्ताको विशुद्ध मोटरसाइक्लिङ अनुभवलाई थप रोमाञ्चित बनाउने विश्वास उनको छ ।
प्रतिक्रिया