२०८१ कात्तिक २६ गते
नेप्से परिसूचक दोहोरो अंकले बढेसँगै सोमबार कारोबार रकम पनि ह्वात्तै बढेको छ। अघिल्लो कारोबार दिन ९ अर्ब ७७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०२ स्टकको एक लाख १३ हजार पटकको कारोबारमा ११ अर्ब ३१ करोड बराबरको किनबेच भएको छ । जसमा १४३ कम्पनीका शेयर बढेका छन् भने ९२ कम्पनीका शेयर घटेका छन् । त्यस्तै, दुई कम्पनीका शेयर भने स्थिर रहेका छन् ।
यस दिन सर्वाधिक बढ्नेमा गुराँस लघुवित्त, मानुषी लघुवित्त, सामुदायिक लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, सृजनसिल लघुवित्त र माच्छापुच्छ्रे बैंक रह्यो जसको शेयर सर्किट लेभलमा कारोबार भएको छ। त्यसै गरी सर्वाधिक घट्नेमा इस्टर्न हाइड्रोपावर रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा यस दिन साहास उर्जाको सर्वाधिक कारोबार भएको छ। सानिमा जेनेरल इन्स्योरेन्सको आज ३८ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा एचआइडिसीएलको प्रमोटर शेयर रह्यो जसको आठ लाख ५० हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया