विदुषीसँग बालेनको ठट्टा,'मैले पनि तपाइँकै जुत्ता लगाएको छु'

२०८३ जेठ १५ गते

विदुषीसँग बालेनको ठट्टा,'मैले पनि तपाइँकै जुत्ता लगाएको छु'

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट भाषण सुन्न संसद् पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले रास्वपाकी सांसद विदुषी राणासँगको भेटमा ठट्टा गरेका छन् । 

सांसद एवं उद्योगी विदुषी राणासँगको भेटमा प्रधानमन्त्री शाहले आफूले लगाएको जुत्ता देखाउँदै राणाकै कम्पनीको जुत्ता लगाएको भन्दै हाँसो गरेका हुन् ।बजेट भाषण सकिएलगत्तै प्रधानमन्त्री शाहले आ(आफ्नो सिटबाट उठेर सांसदहरूसँग हात मिलाउन र कुराकानी गर्न थाले।

Advertisement:

Ad
Ad

सोही क्रममा उनी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की समानुपातिक सांसद विदुषी राणाको सिट नजिकै पुगे।सांसद राणा नेपालको प्रतिष्ठित जुत्ता ब्रान्ड ुगोल्डस्टारु की प्रमुख समेत हुन्। उनले पछिल्लो समय गोल्डस्टार जुत्तालाई देशभित्र र अन्तर्राष्ट्रिय बजारमा फरक तरिकाले ब्रान्डिङ तथा प्रवर्द्धन गरिरहेकी छन्।

संसद् भवनभित्र राणासँग हात मिलाउँदै गर्दा प्रधानमन्त्री शाहले ठट्टाको शैलीमा आफ्नो जुत्तातर्फ इसारा गरे। सोही क्रममा उनले गोल्डस्टार जुत्ताकी प्रमुख विदुषी राणासँग हात मिलाउँदै भने( ‘मैले पनि तपाइँकै कमपनीको गोल्डस्टार लगाएको छु।’


पछिल्लो समय प्र्धानमन्त्री शाह नेपाली खाना ,स्थानदेखि पहिरनको समेत प्रवद्र्धन एवं प्रोत्साहनमा लागेको देखिएको छ ।