२१ खर्ब २४ अर्बको बजेटमा, १२ खर्ब तलब भत्ता दिन विकासका लागि ४ खर्ब मात्रै

२०८३ जेठ १५ गते

२१ खर्ब २४ अर्बको बजेटमा, १२ खर्ब तलब भत्ता दिन विकासका लागि ४ खर्ब मात्रै

काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट विनियोजन गरेको छ। प्रस्तुत बजेटअनुसार कुल विनियोजनमध्ये चालु खर्चतर्फ  १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत छुट्याइएको छ।

 

Advertisement:

Ad
Ad

त्यसैगरी, पुँजीगत खर्चतर्फ  ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् २०.३ प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ  ४ खर्ब २२ अर्ब ६४ करोड अर्थात् १९.९ प्रतिशत बजेट विनियोजन गरिएको सरकारले जनाएको छ।

 

बजेटले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिइएको छ । यद्यपि सरकारी लक्ष्य भने ३ दशमलव ८८ प्रतिशत रहेको छ । 

 

सरकारले प्रस्तुत गरेको खर्च अनुमान चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा २५.२ प्रतिशतले बढी रहेको उल्लेख गरेको छ।

 

सरकारका अनुसार आगामी वर्षको बजेट आर्थिक वृद्धि, पूर्वाधार विकास, सार्वजनिक सेवा प्रवाह तथा वित्तीय स्थायित्वलाई केन्द्रमा राखेर तयार गरिएको हो।