२०८३ जेठ १५ गते
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ लागि कुल २१ खर्ब २४अर्बको बजेट संसदमा प्रस्तुत गरेका छन् ।
राष्ट्रिय योजना आयोगले सरकारलाई बजेटका लागि १८ खर्ब ९० अर्बको सिलिंग तोकेको थियो । अर्थमन्त्रीले ल्याएको बजेट सिलिंगभन्दा २ खर्ब ३४ अर्बले बढी रहेको छ ।
पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब त्यस्तै राजस्व १४ खर्ब ४ अर्बको विनियोजन रहने छ ।अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने छ।
जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने छ ।
प्रतिक्रिया