समता घरेलु लघुवित्तको थप प्राथमिक सेयरमा आजदेखि आवेदन दिन सकिने

२०८१ कात्तिक १२ गते

समता घरेलु लघुवित्तको थप प्राथमिक सेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप प्राथमिक सेयर (एफपीओ) निष्कासन गरेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा तीन लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ निष्कासन गरेको हो ।

एफपीओमा छिटोमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । यो दिनसम्म मागअनुसारको आवेदन नपरेमा कम्पनीको एफपीओमा आवेदन दिने अवधि २६ गतेसम्म थप गरिनेछ । कम्पनीले निष्कासन गरेको एफपीओमा न्यूनतम १० देखि एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

Advertisement:

Ad
Ad

यो एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।