राष्ट्र बैंकलाई बैंकर्स भुवन दाहालको सुझाव-'मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउनपर्यो'

२०८१ असार ११ गते

राष्ट्र बैंकलाई बैंकर्स भुवन दाहालको सुझाव-'मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउनपर्यो'

काठमाडौ । बैंकर संघका पूर्वअध्यक्ष भुवन दहालले अहिले निजी क्षेत्रको मनोबल कमजोर भएको भन्दै अब आउने मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन) ले आयोजना गरेको प्रि मनिटरी पोलिसि डिसकसन कार्यक्रममा दहालले अहिले निजी क्षेत्रको मनोबल कमजोर भएका कारण कर्जा प्रवाह हुन नसकेको बताए ।

Advertisement:

Ad
Ad

अहिले पूर्वाधार तयार रहेको भए पनि मनोबलका कारण समस्या देखिएको उनको भनाइ छ । मनोबल बढाउने नीति लिन राष्ट्र बैंकलाई उनले सुझाव दिए ।

बैंकप्रति जनताको मनोबल बढाउन राष्ट्र बैंकको महत्त्वपूर्ण भूमिका हुने उनले बताए । अहिले बैंकमा गैह्र बैंकिङ सम्पत्ति बढ्दा यसको प्रेसर बैंकमा बढ्दै जाने दहालले बताए ।

बैकिङ कसुर तथा सजाय ऐनमा कारण बैंकरले काम गर्न नसकेको उनको भनाइ छ ।