२०८३ असोज ०१ गते
काठमाडौँ। ग्यास व्यवसायीहरुले भोलि शुक्रबारदेखि उपत्यकामा एलपी ग्यास पुरानै मूल्यमा दिने भएका छन् । कृष्णभीरमा वैकल्पिक सडक निर्माण भई दुईतर्फी यातायात सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यास शुक्रबारदेखि पुरानै मूल्यमा बिक्री हुने भएको हो।
यसअघि कृष्णभीरमा राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्नुपरेकाले उद्योगीहरूले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा अतिरिक्त लागत जोडेर ग्यास बिक्री गर्दै आएका थिए।
अब कृष्णभीरमा बाटो सञ्चालनमा आएसँगै आयल निगमले निर्णय गरेर भोलिदेखि साविककै मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम गर्न लागेको हो। ग्यास उद्योगीहरूले पनि आफ्ना डिस्ट्रिब्युटर तथा डिलरहरूलाई सोहीअनुसार ग्यास बिक्री गर्न जानकारी गराउने बताएका छन्।
प्रतिक्रिया