हिरासतमा अस्वस्थ भएपछि शंकर ग्रुपका अध्यक्ष तथा उद्योगी शंकर अग्रवाल जमानतमा छोडिए

२०८३ असोज ०१ गते

हिरासतमा अस्वस्थ भएपछि शंकर ग्रुपका अध्यक्ष तथा उद्योगी शंकर अग्रवाल जमानतमा छोडिए

काठमाडौं । शंकर ग्रुपका अध्यक्ष तथा उद्योगी शंकर अग्रवाललाई उच्च अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

 

Advertisement:

Ad

हिरासतमा रहेका अग्रवाल अस्वस्थ भएपछि हाल अस्पतालमा उपचाररत छन्। उच्च अदालतको बुधबारको आदेशपछि बिहीबार धरौटी रकम बुझाएर उनलाई थुनामुक्त गर्ने तयारी भइरहेको छ। कारागार प्रशासनले आवश्यक कागजात मिलाउने काम गरिरहेको जनाइएको छ।

 

अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले गत साउन ६ गते डिल्लीबजारबाट पक्राउ गरेको थियो। बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो।यसअघि पनि अग्रवाल चैत २१ गते पक्राउ परेका थिए। तर, त्यसको भोलिपल्टै अर्थात् चैत २२ गते उनलाई रिहा गरिएको थियो।

 

अग्रवालमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दाका साथै सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानसमेत भइरहेको छ। उनका छोरा शुलभ अग्रवाल भने हाल थुनामा रहेको जनाइएको छ।