प्रदेशगत कुल गार्हस्थ उत्पादन : कर्णाली प्रदेशको तुलनामा बागमतीको १० गुणाले बढी

२०८१ कात्तिक २३ गते

प्रदेशगत कुल गार्हस्थ उत्पादन : कर्णाली प्रदेशको तुलनामा बागमतीको १० गुणाले बढी

काठमाडौँ । संघीय राजधानी समेटिएको बागमती प्रदेशको कुल गार्हस्थ उत्पादन कर्णाली प्रदेशको तुलनामा १० गुणाले बढी रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८०/०८१को सार्वजनिक तथ्यांक अनुसार सात वटा प्रदेशमध्ये कर्णालीको तुलनामा बागमती प्रदेशको कुल गार्हस्थ उत्पादन १० गुणाले बढी रहेको देखिएको हो ।

सार्वजनिक तथ्यांक अनुसार विकासमा पछि रहेको कर्णाली प्रदेशको २ खर्ब ४४ अर्ब कुल गार्हस्थ उत्पादन हुँदा बागमती प्रदेशको २० खर्ब ७५ अर्ब कुल गार्हस्थ उत्पादन रहेको छ । त्यस्तै दोस्रो ठूलो कुल गार्हस्थ उत्पादन कोशी प्रदेशको ९ खर्ब ३ अर्ब रहेको छ । त्यसैगरी तेस्रोमा लुम्बिनी प्रदेशको ८ खर्ब १४ अर्ब कुल गार्हस्थ उत्पादन हुँदा मधेश प्रदेशको ७ खर्ब ४८ अर्ब रहेको छ । गण्डकी प्रूदेशको ५ खर्ब १७ अर्ब कुल गार्हस्थ उत्पादन छ भने सुदुरपश्चिम प्रदेशको ४ खर्ब ४ अर्ब रहेको छ ।

Advertisement:

Ad
Ad