फेसबुकको शेयर मूल्य एकै दिनमा झन्डै दुई खर्ब डलरले बढ्यो

२०८० माघ २१ गते

फेसबुकको शेयर मूल्य एकै दिनमा झन्डै दुई खर्ब डलरले बढ्यो

काठमाडौँ । फेसबुकको प्यारेन्ट कम्पनी मेटाको शेयर मूल्यमा शुक्रबार एकै दिन १९६ अर्ब डलर अर्थात् २०‍.३ प्रतिशतले वृद्धि भएको छ । यो वालस्ट्रिट अर्थात अमेरिकी शेयर बजारमा कुनै पनि कम्पनीले एक दिनमा पाएको सबैभन्दा ठूलो शेयर मूल्य उछाल हो ।

यो शेयर उछालसँगै मेटा कम्पनीको बजारमूल्य बढेर १२ खर्ब २० अर्ब अमेरिकी डलर पुगेको छ । मेटा विश्वकै सातौँ मूल्यवान कम्पनी बन्न पुगेको छ । मेटाका संस्थापक मार्क जुकरबर्ग अर्नल्ट, मस्क र बेजोसपछि विश्वकै धनाढ्यहरूको चौथो स्थानमा उक्लिएका छन् ।

Advertisement:

Ad
Ad

शुक्रबार कारोबारका क्रममा प्रतिशेयर ४८५ डलरसम्म पुगेको मेटाको शेयर बजार बन्द हुँदा ४७४ अमेरिकी डलर रहेको थियो । ३१ अगस्ट २०२१ मा १० खर्ब रहेको मेटाको बजार मूल्य कोभिड-१९ र आर्थिक मन्दीका कारण सुस्ताएको अनलाइन बजारका कारण ओरालो लागेको थियो । वर्ष २०२२ को अन्त्यसम्ममा झन्डै एक चौथाइमा झरेको थियो । त्यतिबेला मेटाको शेयर मूल्य प्रतिकित्ता ९० डलरमा पनि कारोबार भएको थियो ।