पाँच सुचकमा हेर्नुस् देशको अर्थतन्त्र कुन अवस्थामा छ ?

२०८१ मंसिर २८ गते

पाँच सुचकमा हेर्नुस् देशको अर्थतन्त्र कुन अवस्थामा छ ?

काठमाडौ । देशमा महंगी बढेको तथ्यांक नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको छ । यस्तै विदेशी विनिमय सञ्चित पनि २२ खर्ब नाघेको छ । रेमिट्यान्स पनि बढेको छ भने सोधानान्तर स्थित र चालुखाता बचतमा रहेको छ ।

हेरौ पाँच सुचकमा देशको अर्थतन्त्र महंगी बढ्यो कार्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.३८ प्रतिशत रहेको थियो । यस अधारमा महंगी बढेको देखिएको छ । छिमेकी मुलुक भारतमा भन्दा नेपालमा महंगी बढेको छ । भारतमा यस्तो मुद्रास्फीति ५.४८ प्रतिशत रहेको छ ।

Advertisement:

Ad
Ad

आयात निर्यातमा कमी चार महिनामा कुल वस्तु निर्यात ४.२ प्रतिशतले वृद्धि भई ५२ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.७ प्रतिशतले कमी आएको थियो । चार महिनामा कुल वस्तु आयात ०.२ प्रतिशतले वृद्धि भई ५ खर्ब १३ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.८ प्रतिशतले कमी आएको थियो ।

चार महिनामा करिब सवा ५ खर्ब रेमिट्यान्स भित्रियो चालु आर्थिक वर्षको चार महिनामा रेमिट्यान्स ५ खर्ब २१ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो ।

चालु खाता एवम् शोधनान्तर स्थिति बचतमा चालु खाता १ खर्ब ४३ अर्ब ४२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९७ अर्ब १० करोडले बचतमा रहेको थियो । शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ५० अर्ब २४ करोडलेशोधनान्तर स्थिति बचतमा रहेको थियो ।

विदेशी विनिमय सञ्चिती साढे २२ खर्ब पुग्यो कात्तिक मसान्तसम्म विदेशी मुद्रा सञ्चिती २२ खर्ब ५५ अर्ब ३५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा कात्तिक मसान्तमा ९.४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको छ । चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

पुँजी बजार कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब ९० करोड कायम भएको छ । गत वर्ष कात्तिक मसान्तमा बजार पुँजीकरण २८ खर्ब ५३ अर्ब १ करोड रहेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ ।