नेपाली नोट छाप्न ६ वटा विदेशी कम्पनी योग्य, कसले पाउला जिम्मेवारी ?

२०८१ चैत ०१ गते

नेपाली नोट छाप्न ६ वटा विदेशी कम्पनी योग्य, कसले पाउला जिम्मेवारी ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले नेपाली नोट छपाईको लागि ६ वटा कम्पनी छानेको छ । नोट छपाइको खरिद सेवाको लागि पूर्वयोग्यताको आवेदन माग गरेकोको केन्द्रिय बैंकले आवेदन परेमामध्येबाट ६ कम्पनी सर्टलिस्ट गरेको हो । छानिएका यी छ वटै योग्य भएपनि यो मध्य एउटाले मात्र नाट छपाईको जिम्मेवारी पाउँनेछ ।

१० जनावरी २०२५ मा सूचना प्रकाशित गर्दै नोटको डिजाई, प्रिन्टिङ सप्लाई र डेलीभरीको लागि खरिद प्रस्ताव आह्वान गरिएको थियो । चिनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरसन, बेलायतको डेला रुई इन्टरनेसन लिमिटेड, जर्मनीको जिसेकी प्लस डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको अवेर्थर फिडुसियर र पोल्याण्डको पोलीस सेक्युरीटी प्रिन्टिङ वर्कस् रहेका छन् ।

Advertisement:

Ad
Ad