२०८१ मंसिर १८ गते
काठमाडौं । नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्र अनुसार चीनले नेपाललाई विभिन्न परियोजना सञ्चालन गर्न ५ अर्ब ६० करोड रुपैयाँ अनुदान दिने भएको छ ।
चिनियाँ सहयोगमा निर्माण हुने परियोजना सञ्चालन गर्न नेपाल र चीनबीच प्रधानमन्त्रीको भ्रमणका क्रममा आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी सम्झौता भएको बताइएको छ । त्यस्तै सम्झौतामा चीन सरकारसँग नेपालको सन् २०२४ देखि २०२९ सम्म विभिन्न विकास योजनामा सहयोग लिने सम्बन्धी एमओयू पनि भएको छ । यद्यपि रकम भने खुलिसकेको छैन । समझदारी पत्रमा टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि पनि चीनले नेपाललाई सघाउने भएको छ ।
प्रतिक्रिया