प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

२०८३ असोज ०६ गते

प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदै छन् ।

 

Advertisement:

Ad

अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।प्रधानमन्त्री शाहले महासभालाई असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम छ ।

 

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको विषयलाई समेत उठाउँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने बताइएको छ ।

 

महासभामा सहभागी हुन यसअघि असोज ४ गते परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरिसकेको छ ।