नेपाल बैंकको कामु सीईओमा समता पन्त नियुक्त

२०८० असोज १८ गते

नेपाल बैंकको कामु सीईओमा समता पन्त नियुक्त

काठमाडौँ । नेपाल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा समता पन्त नियुक्त भएकी छिन् । बैंकको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी प्रमुख अधिकृत पन्तलाई कामु सीईओको जिम्मेवारी दिएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको सीईओको रूपमा ४ वर्षे कार्यकाल सकिएसँगै औपचारिक रूपमा बाहिरिए पछि पन्तलाई कामु सिइओको जिम्मेवारी दिइएको हो। बैंकले असोज १५ गतेदेखि नै लागु हुँने गरी पन्तलाई कामु कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको छ ।

Advertisement:

Ad
Ad