२०८२ कात्तिक ०९ गते
काठमाडौँ। वित्तीय प्रणालीमा अधिक तरलताका कारण नेपाल राष्ट्र बैंकले आज (आइतवार) ९० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने निर्णय गरेको छ।
राष्ट्र बैंकले बोलकबोल प्रणालीमार्फत उक्त निक्षेप तान्ने तयारी गरेको हो। हाल देशको कुल निक्षेप ७४ खर्ब रुपैयाँ नाघिसकेको छ। तरलता नियन्त्रण र ब्याजदर सन्तुलनमा राख्न राष्ट्र बैंकले निरन्तर रुपमा निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत बैंक तथा वित्तीय संस्थाबाट रकम संकलन गर्दै आएको छ।
यस पटकको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र सहभागी हुन दिइनेछ। दीर्घकालीन निक्षेप संकलनको रकम वितरण गर्दा सहभागी संस्थाहरूले प्रस्ताव गरेको ब्याजदरका आधारमा न्यूनतम दरबाट सुरु गर्दै आह्वान गरिएको रकमसम्म प्राथमिकताका क्रममा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया