२०८३ असोज १५ गते
काठमाडौँ । रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्र्याक खोल्ने काम सम्पन्न भएसँगै सर्वसाधारणको आवतजावत पुनः सुरु भएको छ।
रसुवासँग जोडिने मुख्य सडकमार्गका रूपमा रहेको यस खण्डमा सडकलाई थप सहज र व्यवस्थित बनाउन ग्रेड मिलाउने तथा ग्राभेल बिछ्याउने काम भने जारी छ। बाक्लो सवारी आवतजावतका कारण निर्माण कार्य प्रभावित भइरहेकाले आवश्यक सहजीकरणका लागि सम्बन्धित पक्षले आग्रह गरेको छ।
ट्र्याक खुलेसँगै सडकखण्डमा बेलिब्रिज जडानको काम पनि अघि बढाइएको छ। नुवाकोटतर्फ पुलको फाउन्डेसन निर्माण सम्पन्न भइसकेको छ भने नेपाली सेनाको सहयोगमा जडानको तयारी थालिएको छ। रसुवातर्फको फाउन्डेसन निर्माण पनि अन्तिम चरणमा पुगेको छ।
आगामी एक साताभित्र दुवैतर्फ बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको छ।
प्रतिक्रिया