असोज २३ गतेदेखि दशैको लागि घर फर्कन चाहनेलाई टिकट बिक्रि खुला

२०८३ असोज २० गते

असोज २३ गतेदेखि दशैको लागि घर फर्कन चाहनेलाई टिकट बिक्रि खुला

काठमाडौं । दशैंमा घर फर्किन चाहनेले  असोज २३ देखि सार्वजनिक सवारीको टिकट लिन पाउने भएका छन् । सरकारले २३ असोजदेखि अग्रिम टिकट बिक्री खुला गर्ने निर्णय गरेको हो। यातायात विभागले यातायात व्यवसायी, मजदुर सङ्गठन, प्रहरी, ट्राफिक प्रहरी तथा नयाँ बसपार्क व्यवस्थापन पक्षसँग छलफल गरी बुकिङको मिति निर्धारण गरेको हो।

 

Advertisement:

Ad

चाडपर्वमा हुने अत्यधिक यात्रुचापलाई व्यवस्थापन गर्ने उद्देश्यले  अगाडी नै टिकट बिक्रि गर्न लागिएको जनाएको छ । काठमाडौं उपत्यकाबाट मात्रै १० लाखभन्दा बढी मानिस बाहिरिने अनुमान गरिएको छ। पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको उच्चस्तरीय अध्ययन समितिले तयार पारेको प्रतिवेदनअनुसार यस वर्ष करिब १० लाख यात्रुले उपत्यका छाड्ने अनुमान गरिएको छ ।


यो संख्यालाई गन्तव्यसम्म पु¥याउनका लागि न्यूनतम ४३ हजार ५७४ देखि अधिकतम ६५ हजार ३६१ वटा सार्वजनिक सवारी साधनका ट्रिपहरू परिचालन गर्नुपर्ने समितिले औल्याएको छ ।यात्रु र सवारीको विवरण व्यवस्थित राख्न टिकट बिक्री प्रणालीमा पनि थप व्यवस्था गरिएको छ। टिकट खरिद गर्ने यात्रुको नाम र सम्पर्क नम्बर अभिलेखमा राख्नुपर्नेछ।