२०८१ मंसिर १३ गते
काठमाडौ । नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल र नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्तभएका छन् । मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको हो । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षहरुलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बधाइ तथा सफलताको शुभकामना दिएका छन्। सो अवसरमा नवनियुक्त अध्यक्षहरुले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया