कोटिभिटी प्रकरण - सूचना प्रविधी उद्योग धराशायी नबनाउन तीन व्यवसायिक संस्थाको अपील

२०८० चैत २५ गते

कोटिभिटी प्रकरण - सूचना प्रविधी उद्योग धराशायी नबनाउन तीन व्यवसायिक संस्थाको अपील

काठमान्डौं । लगानी सम्मेलनको पूर्वसन्ध्यामा राजश्व अनुसन्धान विभागले सूचना प्रविधि उद्योगमाथि गरेको मुद्दा दायरले गलत सन्देश जाने सूचना प्रविधिसँग सम्वन्धित उद्योगहरुले औंल्याएका छन् । तीवटा व्यवसायिक संस्थाहरु नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आई.टी. सर्भिसेस् कम्पनीज्(नासआईटी), नेपाल उद्योग परिसंघ (सीएनआई), अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल)ले एक बक्तव्य जारी गर्दै कोटिभिटी नेपालमाथि राजश्व अनुसन्धान विभागले दायर गरेको मुद्दा कर ऐन विपरित रहेको औल्याएका हुन् ।

"नेपालमा सूचनासँग सम्वन्धित उद्योग बिस्तारै अगाडि बढ्ने क्रममा रहेको अवस्थामा पछिल्लो पटक सूचना प्रविधि उद्योगसँग सम्बन्धित कर अनुपालना सम्बन्धमा लगानीकर्ताहरुलाई दुरुत्साहित गर्ने तथा निजी क्षेत्रको मनोबल घटाउने गरी भएको गतिविधिले हाम्रो गम्भिर ध्यानाकर्षण गरेको छ । "विज्ञप्तिमा भनिएको छ । "उद्योगसंग प्रत्यक्ष रुपमा विदेशी लगानी वा नेपालीलाई रोजगारी दिएका रोजगारदाताहरुको संलग्नता छ । कर लगायतका विषय कानूनी दायरा भित्र रही कानूनमा तोकिए बमोजिम तथा हालसम्म गर्दैआएको कर व्यवहार समेतको वर्खिलाप हुने गरि फरक रुपमा नयाँ प्रयोगात्मक स्वरुपमा व्याख्या गरि अनावश्यक रुपमा यी उद्योगहरुलाई असामान्य शीर्षकमा आर्थिक दायित्व बढाउने प्रयत्न सरकारी तहबाटै हुनु दुखद् हो । यस्ता कार्यले समग्र सूचना प्रविधिसँग सम्बन्धित उद्योगलाई धराशायी बनाउने हुँदा गम्भिर हुन सरोकारवाला सबैलाई हार्दिक अनुरोध गर्दछौं । त्यसमाथि पनि अनाहकमा यस क्षेत्रमा क्रियाशील कम्पनी उपर फौजदारी प्रकृतीको कारबाही लागु गराउनु दुर्भाग्यपूर्ण छ । प्रचलित कर कानून र व्यवहार भन्दा फरक गतिविधिले हामीलाई चिन्तित बनाएको छ ।"पत्रमा भनिएको छ ।

Advertisement:

Ad
Ad

"नेपालमा सम्भावित लगानीको अवसरलाई खुम्चाई प्रविधी हस्तान्तरणको कार्य रोकिने, भइरहेका एवं अब हुने रोजगारी बन्द हुने, नेपालीको प्रतिष्पर्धी क्षमता घट्ने, राजस्व समेत प्रभावित भई नेपालको समग्र अर्थतन्त्रमा नराम्रो असर पर्नेतर्फ गम्भिर भई तत्काल आवश्यक निदानको खोजी गर्न समेत हार्दिक अनुरोध गर्दछौं । नेपालको कर कानून समान रुपमा लागू हुनुपर्दछ र हरेक व्यक्ति तथा कम्पनी यसको परिधिभित्र रहनुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौं । तर, कर कानूनको गलत व्याख्या गरी,गराइ कसैलाई अनावश्यक तरिकाबाट कर लगाउनु, फौजदारी कारबाही चलाउनुले बिस्तारै बढ्ने क्रममा रहेको आइटी उद्योग र यसले रोजगारी सृजना र राजस्वमा गरेको योगदानमा असर पर्न जाने हुँदा सरकारी निकायबाट भएको अस्वाभाविक निर्णय तत्काल सच्चाई यस्ता उद्योग तथा विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानीको वातावरण रहेको आश्वस्त पार्न हामी अपिल गर्दछौं ।"विज्ञप्तिमा लेखिएको छ ।

यस्तो छ विज्ञप्ति-

[pdf-embedder url="https://banijyapost.com/wp-content/uploads/2024/04/CNI-NASIT-AMCHAM-Joint-Press-Release.pdf" title="CNI, NASIT, AMCHAM Joint Press Release"]