२०८१ असोज १३ गते
काठमाडौं । झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप ३ शव फेला परेको छ ।
बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बसको पहिचान भइसकेको छैन ।फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उद्धारमा यतिबेला सशस्त्र प्रहरीको डिएसपीको कमान्डमा र नेपाली सेना, नेपाल प्रहरी सहितको टोली खटिएको छ ।
हिजैमात्र सोही स्थानमा पहिरोले पुरिएको अवस्थामा लु।१ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ जना र बसबाट ९ जनाको शव निकालिएको थियो ।
प्रतिक्रिया