गभर्नर अधिकारीको अन्तिम मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा आज सार्वजनिक गर्ने तयारी, लचक नीतिको अपेक्षा

२०८१ फागुन १३ गते

गभर्नर अधिकारीको अन्तिम मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा आज सार्वजनिक गर्ने तयारी, लचक नीतिको अपेक्षा

काठमाडौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको २०८१/०८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक स्रोतको अनुसार अर्धवार्षिक समीक्षा सार्वजनिक गर्नको लागि व्यवस्थापन समितिको बैठक सोमबार बसेको थियो ।

तर,उक्त बैठकले अन्तिम रुप नदिदा आज पनि बोर्ड बैठक डाकिएको छ । राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीतिको समीक्षा पारित गरेपछि सार्वजनिक गर्ने तयारी रहेको स्रोतले बतायो । दोस्रो त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्नुपर्ने राष्ट्र बैंकको प्रवाधान भएकाले सम्भवत आजै सार्वजनिक हुने सम्भावना बढी रहेको छ । भोली ९फागनु १४ ० महाशिवरात्रीको सार्वजनिक विदा परेकाले आज नभए १५ गते पनि समिक्षा गर्न मिल्ने ती स्रोत बताउँछन् ।

Advertisement:

Ad
Ad

गभर्नर महाप्रसाद अधिकारीको यो अन्तिम मौद्रिक नीतिको अन्तिम समिक्षा भएकाले केही नीतिगत फेरबदल हुन सक्ने अनुमान पनि गरिएको छ । अधिकारीको कार्यकाल यहि चैत २५ गते सकिंदैछ । उनले आफ्नो कार्यकलमा ५ वटा मौद्रिक नीति ल्याएका छन्।