एक र दुई रुपैयाँको सिक्का राष्ट्र बैंकलाई दिन आग्रह

२०८१ फागुन ०९ गते

एक र दुई रुपैयाँको सिक्का राष्ट्र बैंकलाई दिन आग्रह

काठमाडौ । नेपाल राष्ट्र बैंकले चलनचल्तीको १ र २ रुपैयाँको सिक्का भए केन्द्रिय बैंकमा आएर सटही गर्न अुनरोध गरेको छ । १ र २ रुपैयाँको कम्तीमा एक सय रुपैयाँ बराबरको सिक्का केन्द्रिय बैंकको टक्सार महाशाखा बबरमहलमा साट्न भनेको छ ।

यदि त्यस्तो रकम २० हजार वा त्यो भन्दा बढी भए टक्सार महाशाखामा फोन गरेर मात्र जान भनेको छ । सटहीका लागि लैजाने सिक्काहरु सफा र डिजाइन प्रष्ट देखिने हुनुपर्छ । अन्य सिक्का स्मारिका, मेडालियम तथा असर्फीको भने सटही नहुने केन्द्रिय बैंकले भनेको छ ।

Advertisement:

Ad
Ad