एक लाख ६१ हजार नाघ्यो सुनको मूल्य

२०८१ असोज ११ गते

एक लाख ६१ हजार नाघ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले यो साताभरी नै रेकर्ड बनाएर बढेको हो । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६१ हजार २ सयमा कारोबार भएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

Advertisement:

Ad
Ad

यसअघि बिहिबार सुनको मूल्य १ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य १९५५ रुपैयाँमा कारोबार भएको छ ।