२०८३ असार ०४ गते
काठमाडौँ । एभरेष्ट कलर लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बिहीबार बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट सम्पन्न भएको हो।
कम्पनीले जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६ लाख ५५ हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो। उक्त आईपीओमा २६ लाख ८७ हजार ४२१ जना आवेदकबाट २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता शेयर माग गर्दै आवेदन परेको थियो।
प्राप्त आवेदनमध्ये २६ लाख ४१ हजार ९५९ वटा आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन विभिन्न कारणले रद्द भएका छन्। निष्काशित शेयरभन्दा धेरै आवेदन परेपछि गोलाप्रथा विधिबाट बाँडफाँट गरिएको हो। सो अनुसार ६५ हजार ५७० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
प्रतिक्रिया