२०८१ कात्तिक ०५ गते
काठमाडौं । सेरेस ब्राण्डको गाडीमा एकाएक चार्जिङको क्रममा धुवाँ निस्किएको प्रकरणमा गाडी बिक्रेता कम्पनीले प्रष्टिकरण दिएको छ । सोमबार अर्थात आज बिहान काठमाडौंको सितापाइलास्थित एक सर्भिस सेन्टरमा पार्किङ गरेर राखिएको सेरेस ब्राण्डको कार आफसेआफ तातेर गाडीभित्रबाट धुँवा निस्किएको थियो ।
धुँवा निस्किएको गाडी बागमती प्रदेश ०१–०२९ च ५९५० नम्बरको हो । धुवाँ निस्किएको प्रकरणमा गाडी बिक्रेता कम्पनीले प्रष्टिकरण दिएको छ । कम्पनीद्वारा जारी प्रेस नोटमा गाडीमा देखिने नियमित प्राविधिक समस्या अन्त समाधान नभएपछि सर्भिस सेन्टरमा ल्याइएको र गाडीबाट धुवाँ निस्कने क्रम नरोकिएको स्पष्टिकरण दिएको छ ।‘उक्त गाडी विगतमा अनधिकृत सेवा केन्द्रहरूमार्फत् मर्मत सम्भार गरिएको हुन सक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ प्रेस नोटमा भनिएको छ ।कम्पनीले गाडीको ब्याट्री–मोटरमा क्षति नभएको जनाएको छ । यसबारे थप अनुसन्धान पनि भइरहेको कम्पनीको भनाइ छ । सेरेस कारको नेपालमा आधिकारिक बिक्रेता कम्पनी एमएडब्लू वृद्धि रहेको छ ।
उता सितापाइला प्रहरीले भने ‘सट सर्किट’ भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको जनाएको छ । रोकेर राखिएको कारबाट धुवाँको मुस्लो निस्किएपछि गाडीमा आगलागी भएको थाहा पाएको तर कुनै मानवीय क्षति भने नभएको जनाएको छ ।
प्रतिक्रिया