२०८० मंसिर १३ गते
काठमाडौँ। भोली मंसिर १४ गते काठमाडौँका विभिन्न स्थानमा बिद्युत आपुर्ति बन्द हुने भएको छ। लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू–स्युचाटार ६६ के.भी. लाइन १३२ के.भी.मा चार्ज गर्ने प्रयोजनका लागि सम्बन्धित क्षेत्रमा विद्युत आपुर्ति बन्द गर्न लागिएको हो।
टेकू सबस्टेसनमा दोस्रो १ थान १३२–११ के.भी., ४५ एम.भी.ए.ट्रान्सफर्मर चार्ज गर्न फाउन्डेसन निर्माण कार्य भइरहेको छ। सो स्थानमा रहेको ११ के.भी. हटाउने कार्यका लागि लाइन सटडाउन गर्नुपर्ने भएको हो।
तसर्थ भोली बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु, आवास र जनसेवा मार्गमा विद्युत आपुर्ति बन्द हुने भएको हो।
त्यस्तै कालीमाटि, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पोट्रोलपम्प, टेकेश्वर, महेन्द्ररत्न क्यापस, चागल र कलश अपार्टमेन्टमा बिद्युत आपुर्ति बन्द हुने भएको हो।
प्रतिक्रिया