अर्थतन्त्रको वास्तविक अवस्था देखाउने सात सुचक, कुन कस्तो अवस्थामा छन् ?

२०८१ असोज १८ गते

अर्थतन्त्रको वास्तविक अवस्था देखाउने सात सुचक, कुन कस्तो अवस्थामा छन् ?

काठमाडौ । बिहिबार अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकले छुटट छुटटै प्रतिवेदन सार्वजनिक गरे । अर्थतन्त्रमा सुधारको संकेत देखाउँने गरी दुबै नियकायले सार्वजनिक गरेको प्रतिवेदन लगभग उस्तै छन् । अर्थमन्त्रालयले चालु वर्ष अर्थतन्त्रमा सुधारको संकेत देखिएको दाबी सहित गत आवको वार्षिक प्रतिवेदन सार्वजनिक गर्यो भने केन्द्रिय बैकले चालु आवको पहिलो महिनाको प्रतिवेदन सार्वजनिक गर्यो ।

अर्थमन्त्रालयले भनेको छ, ‘गत आवमा आर्थिक बृद्धि मध्यमस्तरको रहेको, मुल्यबृद्धि सिमाभित्रै रहेको बाह्य क्षेत्र तथा वित्तिय सुचकमा थप सुधार हुदै गएको छ । यसले राष्ट्रिय अर्थतन्त्रमा सुधारको संकेत देखापरेको छ ।’

Advertisement:

Ad
Ad

विदेशी मुद्रा सञ्चिती र रेमिट्यान्स बढीरहेको, चालुखाता बचतमा रहेको र सोधानान्तर स्थिती सुधारिएको केन्द्रिय बैंकको तथ्यांक छ । गत आर्थिक वर्ष ३.८७ प्रतिशतले अर्थतन्त्र विस्तार भएको अनुमान अर्थमन्त्रालयको छ । जबकी अघिल्लो वर्ष १.८६ प्रतिशतले मात्र अर्थतन्त्र विस्तार भएको थियो ।

अर्थतन्त्रको वास्तविक अवस्था देखाउँने सात सुचक

कर्जा प्रवाहमा बढोत्तरी बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १४ अर्ब ११ करोड (०.३ प्रतिशत) रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४ अर्ब ३५ करोड (०.१ प्रतिशत) ले घटेको थियो ।

राजस्व संकलनमा बृद्धि चालु आर्थिक वर्षको दुइ महिना १० दिनको तथ्यांकले राजस्व संकलनमा सुधार भएको देखाउँछ । यो अवधिमा सरकारले करिब २ खर्ब राजस्व उठाएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन देखि असोज १० गतेसम्म सरकारले १ खर्ब ८८ अर्ब ४ करोड ७९ लाख रुपैयाँ उठाएको छ । गतवर्षको यसअवधिमा सरकारले १ खर्ब ६१ अर्ब ७२ करोड राजस्व उठाएको थियो । यसको तुलनामा चालु वर्ष सरकारले बढी राजस्व उठाएको हो । राजस्व बृद्धिका लागि राजस्व परिचालन कमिटी नै बनाएर सरकारले यो पटक काम गरिरहेको छ । राजस्व संकलनकै अवस्थालाई लिएर आन्तरिक अर्थतन्त्रमा दबाव रहेको भनिदै आएको थियो । यो एउटा आधारमा अहिले भने सुधारको संकेत देखिएको छ ।

पुँजीबजारको पुँजीकरण ९ खर्ब बढी अहिले बजार पुँजीकरण ३९ खर्ब ५४ अर्ब १५ करोड ८० लाख रुपैयाँ बजार पुँजीकरण पुगेको छ । जबकी गत बर्ष यसै अवधिमा बजार पुँजीकरण ३० खर्ब ६६ अर्ब ९० करोड २० लाख रुपैयाँ थियो । यसको चुलनामा पनि बजार पुँजीकरण करिब ९ खर्बले बढी रहेको देखिन्छ । यद्यपि पुँजीबजार पछिल्लो केही दिन यतादेखि भने लगातारजसो घटिरहेको छ । पुँजीबजारबाटै सरकारले यो एक महिनामै गतवर्ष भरि उठाउँन नसकेको राजस्व उठाएको छ ।

उच्चदरको विदेशी विनिमय सञ्चिती मुलुकको विदेशी विनिमय सञ्चिती करिब २१ खर्ब रहेको छ । नेपाल राष्ट्र बैंकको साउन मसान्तसम्मको तथ्यांकले विदेशी विनिमय सञ्चिती २० खर्ब ९२ अर्ब २२ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिती १५ अर्ब ५८ करोड पुगेको छ । यो सञ्चितीले देशका लागि १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । कुनै समय कम विदेशी मुद्रा सञ्चितीका कारण देशको अर्थतन्त्र नै संकटमा पर्ने बहस भएको थियो । उक्त संकट नछुदै विदेशी मुद्रा सञ्चिती हालसम्मकै धेरै भएको छ ।

चालु खाता र सोधानान्तर स्थितीमा उच्च सुधार अहिले चालु खाता ३० अर्ब ८९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ करोडले बचतमा रहेको थियो । खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर २७ करोड २६ लाख कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटि मात्र) २ अर्ब ६५ करोड रहेको थियो । शोधनान्तर स्थिति पनि .४० अर्ब ९० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोडले बचतमा रहेको थियो ।

रेमिट्यान्सको बढोत्तरी एक महिनामै १ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रिएको छ । देशको अर्थतन्त्रमा रेमिट्यान्सले टेवा दिदै आएको छ । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९ सय २८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६ सय ४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार १ सय ५२ र १६ हजार ४ सय २३ रहेको थियो ।

आयात निर्यात चालु आर्थिक वर्षको २ महिनामा आयात १.०८ प्रतिशतले बढेको छ । यसले अर्थतन्त्र चलायमान हुन खोजेर माग बढेकै कारण आयात बढेको संकेत गर्ने विज्ञहरु बताउँछन् । आयातमुखी अर्थतन्त्र भएको देशमा आयात बढ्दा गतिविधि बढी भएको अनुमान गरिन्छ । यद्यपि निर्यात भने घटेको छ । निर्यात ५.१२ प्रतिशतले घटेको छ । निर्यात बढ्दा पनि मुलुकले बर्षभरिमा गर्ने निर्यात भन्दा एक महिनामै गरिने आयातको भोल्युम बढी हुने गरेको छ । नेपालले लामो समयदेखि वैदेशिक व्यापारलाई सन्तुलन गर्न सकेको छैन ।