२०८१ कात्तिक २० गते
काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज कात्तिक २० गते (मंगलबार) १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ८९ पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ २९ पैसा छ । यो अहिलेसम्मकै उच्च भाउ हो । यसअघि डलरको भाउ १३४ रुपैयाँ ८४ पैसा पुगेको थियो । आयातमुखी अर्थतन्त्र भएको नेपाल जस्तो देशलाई डलरको भाउँ महंगो हुदा व्यापार घाटा झनै फराकिलो बन्ने विश्लेषकहरु बताउँछन् । यस्तै अमेरीकी डलरमा लिइने ऋणको लागत समेत महंगो पर्न जान्छ भने अधिकांश सामान आयात हुने हुँदा यसले महंगी झन बढाउँछ । यद्यपि, रेमिट्यान्स पठाउँनेहरुलाई भने यसले फाइदा गर्छ । नेपालको सबैभन्दा ठुलो व्यापार घाटा भएको देश भारत भएकाले भारतसँगको स्थिर विनिमयदरका कारण भने केही राहत हुनेछ । डलर बलियो हुँदा भारु कमजोर हुन्छ । यस्तै आज १ युरोको बिक्रीदर १४७ रुपैयाँ ०५ पैसा तोकिएको छ भने खरिददर १४६ रुपैयाँ ४० पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७४ रुपैयाँ ८५ पैसा र खरिद दर १७४ रुपैयाँ ०७ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ५२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९६ पैसा पाइन्छ । यस्तै जापानिज यन १० को विक्रिदर ८.८५ रुपैयाँ र खरिददर ८.८९ रुपैयाँ रहेको छ । युएइ दिराम एकको बिक्रिदर ३६.५६ रुपैयाँ र खरिददर ३६.७२ रुपैयाँ रहेको छ । यस्तै बहराइन एक दिनारको बिक्रिदर ३५६.२० रुपैयाँ र खरिददर ३५७.७९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया