आजबाट काठमाडौँको भृकुटीमण्डपमा 'नाडा अटो शो २०२४' मेला शुरु

२०८१ भदौ ११ गते

आजबाट काठमाडौँको भृकुटीमण्डपमा 'नाडा अटो शो २०२४' मेला शुरु

काठमाडौँ । आजबाट काठमाडौँको भृकुटीमण्डपमा 'नाडा अटो शो २०२४' मेला शुरु भएको छ । हरेक वर्ष झैँ यस वर्षपनि दुई पांग्रे तथा चार पांग्रे सवारीसाधनहरु व्यापारिक प्रयोजनका लागि प्रदर्शनमा राखिएको छ। केही बेरपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त मेलाको उद्घाटन गरेका छन् ।

यसपटकको मेलामा विद्युतीय सवारीको मेलामा बर्चस्व हुने आयोजकको भनाई छ । सुस्ताइरहेको अर्थतन्त्रलाई यो मेलाले थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा लिइएको छ ।आजदेखि १७ गतेसम्म चल्ने मेलामा ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको भनाई छ ।

Advertisement:

Ad
Ad