बुढीगण्डकीमा आएको बाढी सोती बजार पुग्यो, पुल बगायो

२०८३ असोज २५ गते

बुढीगण्डकीमा आएको बाढी सोती बजार पुग्यो, पुल बगायो

गोरखा । चुमनुब्री गाउँपालिका भएर बग्ने बुढीगण्डकीमा आएको बाढी बिहान ७ः३० बजे सोती बजार पुगेको छ । 

बाढीले सोती बजारमा रहेको पुल र केही टहराहरु बगाएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।

Advertisement:

Ad


बाढीले दोभानको बेलिब्रिज पनि बगाएको छ । धार्चे गााउँपालिका उपाध्यक्ष सुनिला गुरुङका अनुसार दोभानको पुल, केरौंजा जाने पुल र केही बस्तीका घरहरु बाढीले बगाएको छ ।


गोरखाको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्‍याएपछि उद्धारको लागि हेलिकोप्टर परिचालन गरिएको छ ।